नियम ३९
प्रतियोगितात्मक परीक्षाद्वारा हुने बढुवाको विज्ञापन
(१) निजामती सेवा वा समूह सम्बन्धी प्रचलित कानून बमोजिम प्रतियोगितात्मक परीक्षाको आधारमा हुने बढुवाको लागि आयोगले कार्यतालिका बमोजिम विज्ञापन प्रकाशन गर्नेछ ।
(२) उपनियम (१) बमोजिमको विज्ञापनमा बढुवा गरिने पद, श्रेणी वा तह, सङ्ख्या, सेवा, समूह, उपसमूह, उम्मेदवार हुन आवश्यक पर्ने सेवा अवधि, न्यूनतम शैक्षिक योग्यता, दरखास्त बुझाउने म्याद र स्थान तथा आयोगले आवश्यक सम्झेका अन्य विवरण समेत खुलाउनु पर्नेछ ।
(३) सम्भाव्य उम्मेदवारले उपनियम (१) बमोजिम प्रकाशित विज्ञापनमा उल्लेख भए बमोजिमको विवरण संलग्न गरी दरखास्त फाराम बुझाउनु पर्नेछ ।
(४) बढुवा सम्बन्धी दरखास्त फारामको ढा चा, दरखास्त दस्तुर र परीक्षा दस्तुर आयोगले तोके बमोजिम हुनेछ ।